आफ्नो घर
आश्रम

असहाय र बेसहारा वृद्ध नागरिकहरूलाई सुरक्षित आश्रय, माया र आवश्यक हेरचाह
प्रदान गर्दै उनीहरूको जीवनलाई सहज र सम्मानजनक बनाउने हाम्रो प्रयास।

Get Started

सहयोगको शक्ति

समाजका विभिन्न सहयोगी हातहरूको साथ र सहकार्यले असहाय वृद्ध नागरिकहरूको 
जीवनमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो प्रयासलाई बल प्रदान गर्दछ।

Get Started

हाम्रो परिचय

हामीको हौं

“आफ्नो घर” अभियान Maa Madhuri Brij Varis Sewa Sadan, Apna Ghar को स्थापना सन् २००० जुन २९ मा Dr. B. M. Bhardwaj र Dr. Madhuri Bhardwaj द्वारा गरिएको हो। यस अभियानको मूल उद्देश्य सडकमा बेसहारा, रोगले ग्रस्त तथा पीडित अवस्थामा रहेका मानिसहरूलाई उद्धार गरी उनीहरूलाई सम्मानजनक जीवन प्रदान गर्नु हो।

डाक्टर भट्टले टम्सीफको मानवीय सेवा र सेवाभावको दर्शन अनुसार, “आफ्नो घर” ले सडकमा पीडित व्यक्तिहरूलाई निःशुल्क रूपमा खाना, बास, कपडा, उपचार र माया प्रदान गर्दछ। उनीहरूको विश्वास छ कि प्रत्येक मानवले सम्मान, हेरचाह र आशाको अधिकार राख्छ।

बेसहारे, बेसहारा रोगले ग्रस्त भएर खाना र उपचार नपाएर सडकमा जीवन बिताइरहेका पीडित मानवहरूको उद्धार गरी उनीहरूलाई आवश्यक सेवा प्रदान गरिन्छ। उनीहरूलाई गाँस, बास, कपास तथा उपचारको पूर्व व्यवस्था गरिन्छ। स्वास्थ्यमा सुधार आएपछि परिवार भेटिएमा पुनर्मिलन गराइन्छ।

“बेसहारा, रोगले ग्रस्त मानव र उपचार नपाएर सडकमा जीवन बिताइरहेका पीडित मानवहरूको सेवामा हाम्रो संस्था समर्पित छ।”

हाम्रो उद्देश्य

हामी किन छौं

आफ्नो घर आश्रमको मुख्य उद्देश्य असहाय तथा बेसहारा वृद्ध नागरिकहरूको जीवनलाई सुरक्षित, सम्मानजनक र सहज बनाउनु हो।

वृद्ध नागरिकहरूलाई केवल आश्रय मात्र प्रदान गर्ने होइन, उनीहरूको सम्पूर्ण आवश्यकताहरूलाई ध्यानमा राखेर एक आत्मीय र सुरक्षित वातावरण सिर्जना गर्ने प्रयास गरिन्छ।

  • असहाय तथा बेसहारा वृद्ध नागरिकहरूलाई सुरक्षित आश्रय प्रदान गर्नु

  • स्वास्थ्य सेवा, खानापान तथा दैनिक आवश्यकताहरूको उचित व्यवस्था गर्नु

  • वृद्ध नागरिकहरूको सम्मान र अधिकारको संरक्षण गर्नु

  • समाजमा सेवा, सहकार्य र मानवताको भावना विकास गर्नु

  • वृद्ध नागरिकहरूको जीवनलाई सहज, सुरक्षित र सम्मानजनक बनाउनु

Vision

हाम्रो दृष्टिकोण

हाम्रो दृष्टिकोण एक यस्तो समाज निर्माण गर्नु हो जहाँ कुनै पनि वृद्ध नागरिक एक्लो र बेसहारा नहुन्। हामी वृद्ध नागरिकहरूलाई सम्मान, सुरक्षा र आत्मीयताको वातावरणमा जीवन बिताउन समक्ष बनाउने सपना निर्माण गर्न चाहन्छौं।

Mission

हाम्रो लक्ष्य

असहाय तथा बेसहारा वृद्ध नागरिकहरूको संरक्षण गर्दै उनीहरूलाई सुरक्षित आश्रय, पोषणयुक्त भोजन, स्वास्थ्य सेवा तथा आत्मीय वातावरण प्रदान गर्दै उनीहरूको जीवनलाई अर्थपूर्ण र सम्मानित बनाउनु हो।

Objectives

हाम्रो उद्देश्य

हाम्रो दृष्टिकोण एक यस्तो समाज निर्माण गर्नु हो जहाँ कुनै पनि वृद्ध नागरिक एक्लो र बेसहारा नहुन्। हामी वृद्ध नागरिकहरूलाई सम्मान, सुरक्षा र आत्मीयताको वातावरणमा जीवन बिताउन समक्ष बनाउने सपना निर्माण गर्न चाहन्छौं।

Commitment

हाम्रो प्रतिबद्धता

असहाय तथा बेसहारा वृद्ध नागरिकहरूको संरक्षण गर्दै उनीहरूलाई सुरक्षित आश्रय, पोषणयुक्त भोजन, स्वास्थ्य सेवा तथा आत्मीय वातावरण प्रदान गर्दै उनीहरूको जीवनलाई अर्थपूर्ण र सम्मानित बनाउनु हो।

हाम्रो उद्देश्य

साथ र सहयोगले

जीवन बदलिन्छ

तपाईंको सहयोग, माया र ऊर्जाले असहाय बेसहाराको जीवन उज्यालो हुन्छ। एक अर्कालाई साथ दिएर हामी अझ धेरैलाई यस सेवा पुर्‍याउन सक्छौं।

मानवीय गरिमा

प्रत्येक व्यक्तिलाई सम्मानजनक व्यवहार र जीवन प्रदान गर्ने

निःशुल्क सेवा

आर्थिक रूपमा असक्षम सबैलाई निःशुल्क आश्रय र हेरचाह

समुदाय केन्द्रित

स्थानीय समुदायको सक्रिय सहभागितामा संचालित संस्था

दीर्घकालीन हेरचाह

वर्षौंसम्म निरन्तर र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता

हाम्रो परिचय

सेवा र समर्पणका तस्बिरहरू

सेवा, समर्पण र सामाजिक योगदानका विभिन्न गतिविधिहरूलाई झल्काउने तस्बिरहरूको संग्रह।
यी तस्बिरहरूले हाम्रो कार्य, प्रतिबद्धता र समुदायप्रतिको जिम्मेवारीलाई प्रस्तुत गर्छन्।